Skip

Hamro Sanchar

आज भारत भ्रमणमा जाँदै प्रधानमन्त्री शाह, मोदीसँग सोमबार भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ६ गते


Advertisement

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह आज दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्दै छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ३४ सदस्यीय टोलीको नेतृत्व गर्दै शाह दिउँसो १:४५ बजे दिल्ली जाने कार्यक्रम छ।

भ्रमणका क्रममा आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नेछन् भने सोमबार राष्ट्रपति भवनमा औपचारिक स्वागतपछि राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

सोमबार बिहान ११ बजे मोदीसँग हैदराबाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ। वार्तापछि समझदारीपत्र आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गरिने कार्यक्रम छ। त्यसपछि राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरी सोमबार साँझ स्वदेश फर्कनेछन्।

भ्रमणमा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा विभिन्न सम्झौता र समझदारीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

 


प्रतिकृया दिनुहोस्