Skip

Hamro Sanchar

नेपालको ब्याटिङमा लज्जास्पद रेकर्ड, भारतसँग ३०६ रनको हार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

४ मंसिर, काठमाडौं । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमै नेपालले भारत एसँग इतिहासकै बिर्सनलायक प्रदर्शन गरेको छ।

शुक्रबार दोहामा भएको खेलमा नेपाल ३०६ रनको फराकिलो अन्तरले पराजित भयो। भारत एले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल ११ ओभरमै मात्र २६ रन जोड्दै अलआउट भयो।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। पवन सर्राफले सर्वाधिक ६ रन बनाए।

भारतका प्रिन्स यादवले ५ र हर्षित रानाले ४ विकेट झार्दै नेपालको ब्याटिङ ध्वस्त पारे।

यसअघि भारत एले कुमार कुशाग्रको ११७ र कप्तान तिलक वर्माको १०७ रनको शतकमा ५० ओभरमा ९ विकेट गुमाएर ३३२ रन बनाएको थियो।

नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए भने नन्दन यादवले २ विकेट हात पारे।
नेपालले अब आइतबार दोस्रो खेलमा यूएईसँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिकृया दिनुहोस्