Skip
आज : २०८३ कार्तिक २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जलवायु सम्मेलनमा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्की प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २३ गते


Advertisement

२३ कार्तिक, काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–३१ मा सहभागी हुन आज टर्की प्रस्थान गरेका छन्।

टर्कीको आन्ताल्यामा सुरु भएको सम्मेलनमा उनले जलवायु परिवर्तन र दिगो आर्थिक विकासका विषयमा नेपालको धारणा राख्ने तथा राष्ट्रिय हितका मुद्दा उठाउने कार्यक्रम छ।

सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै आन्ताल्या पुगिसकेका छन्।


प्रतिकृया दिनुहोस्