काठमाडौँ । तिहारमा अब २४सै घण्टा देउसी–भैलो खेल्न पाइने भएको छ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परम्परागत देउसी–भैलो कार्यक्रम सञ्चालनमा रोक नलगाउन निर्देशन दिएको छ।
सोमबारको निर्णयअनुसार मन्त्रालयले देउसी–भैलोलाई स्वेच्छिक र मर्यादित बनाउन, कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न तथा सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न आग्रह गरेको छ।
त्यस्तै, जुवातास, मदिरा सेवन गरी होहल्ला, ध्वनि प्रदूषण र लागूऔषध सेवन गरी सवारी चलाउनेजस्ता गतिविधि नगर्न पनि मन्त्रालयले सचेत गराएको छ।
।


























