Skip
आज : २०८३ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दसैंमा यात्रुलाई राहत, उपत्यकामा निःशुल्क बस सेवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २ गते


Advertisement

काठमाडौं । दसैंको अवसरमा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

दसैंका बेला सार्वजनिक यातायातका साधन कम सञ्चालन हुने भएकाले यात्रुलाई सहजता प्रदान गर्न दुई वटा बस परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआइजी नेत्रबहादुर कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार बस सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ।

पहिलो बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट प्रस्थान गरी बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा सञ्चालन हुनेछ।

त्यस्तै, दोस्रो बस प्रधान कार्यालयबाट निस्केर सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै चल्नेछ।

दसैंका बेला सार्वजनिक यातायातको अभावमा यात्रुले भोग्नुपर्ने समस्यालाई कम गर्दै सर्वसाधारणको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 


प्रतिकृया दिनुहोस्