Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बेपत्ता व्यक्तिलाई ४५ दिनमै मृत घोषणा !

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २१ गते


Advertisement

२१ असाेज, काठमाडौं । बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले बेपत्ता व्यक्तिलाई मृत्यु घोषणा अब ४५ दिनमै गर्ने तयारी गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न अध्यादेश जारी गर्ने गरी राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार हाल १२ वर्षसम्म बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ।

अब उक्त अवधि उल्लेख्य रूपमा घटाएर करिब ४५ दिन बनाउने गरी कानुन संशोधन गर्न लागिएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यादेश जारी भएपछि बेपत्ता व्यक्तिको कानुनी अवस्थासम्बन्धी प्रक्रिया छोटो हुने अपेक्षा गरिएको छ।


प्रतिकृया दिनुहोस्