काठमाडौं । सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार सरकारले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
उनका अनुसार विपद्सम्बन्धी ऐनमा रहेको बेपत्ता व्यक्तिलाई १२ वर्षपछि मात्र मृत घोषणा गर्न सकिने प्रावधान संशोधन गरी अवधि छोट्याउने तयारी गरिएको छ। यद्यपि मृत घोषणा गर्नुपर्ने अवधि कति कायम गर्ने भन्ने विषयमा भने सरकारले स्पष्ट जानकारी दिएको छैन।






























