२१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्वजनिक सेवामा २५ वर्ष पूरा गरेको अवसरमा बधाई तथा शुभकामना दिएका छन्।
लामिछानेले मोदीको नेतृत्वमा भारतले गरेको परिवर्तन र तीव्र प्रगतिलाई उल्लेख गर्दै नेपाल र भारतबीच साझा इतिहास, सांस्कृतिक समानता तथा जनस्तरको निकट सम्बन्ध रहेको बताएका छन्।
रास्वपा र आफ्नो तर्फबाट शुभकामना दिँदै लामिछानेले आगामी दिनमा नेपाल–भारत सम्बन्धलाई अझ बलियो र दुवै देशका लागि समृद्ध बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
































