Skip

Hamro Sanchar

बाढी पीडितलाई एनआरएनए वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनको १० लाख सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १४ गते


Advertisement

१४ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि रु। १० लाख सहयोग गर्ने भएका छन्।

शेरचनले सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत तर्फबाट एनआरएनएको माध्यमबाट उक्त सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन्।

उनले बाढी–पहिरोका कारण धेरै नेपाली घरबारविहीन भएर कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै विपद्को यो घडीमा संसारभर रहेका नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताएका छन्।

शेरचनले एनआरएनए अभियन्ता, व्यवसायी तथा नेपाली दाजुभाइ–दिदीबहिनीलाई आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न अपिल गरेका छन्।

उनले एक नेपालीको दुःख सम्पूर्ण नेपालीको साझा दुःख भएकाले पीडितको उद्धार, राहत र पुनःस्थापनामा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका छन् ।


प्रतिकृया दिनुहोस्