Skip

Hamro Sanchar

जागिर बचाउन करार कर्मचारी अर्थ मन्त्रालयको गेटमै धर्नामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, ३० गते


३० असार, काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हटाएर आउटसोर्सिङमार्फत नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै १८ वटै मन्त्रालयका करार कर्मचारीहरू आन्दोलित भएका छन्। यसैको विरोधमा उनीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका हुन्।

सरकारको यो कदमले लामो समयदेखि सेवा गरिरहेका हजारौँ कर्मचारीहरूको रोजगारी संकटमा पर्ने भन्दै उनीहरूले यो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

आन्दोलनरत कर्मचारीहरूले आफ्नो सेवाको सुनिश्चितता गर्न तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय तत्काल रोक्न सरकारसँग जोडदार आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्