
काठमाडौं । महन्यायाधिवक्ता सबिता भण्डारीले पदबाट राजीनामा दिएकी छन्।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन्।
बालेन शाह प्रधानमन्त्री नियुक्त भएपछि आज महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिएकी हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आफूले राजीनामा बुझाएको उनले बताइन् ।














