
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका केही नेता–कार्यकर्ता जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार (माघ ४) आयोजित कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई खादामाला लगाएर स्वागत गरे ।
रामेश्वर रायसँगै चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवलगायत नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका अध्यक्ष यादवको सचिवालयले जनाएको छ ।

















