
काठमाडौं । नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले गगन थापा र विश्वप्रकाश शर्माको वेगलाई कुनै षड्यन्त्रले रोक्न नसक्ने बताएका छन् ।
बुधबार (पुस ३०) विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा मन्सुरले यस्तो बताएका छन् । बुधबारै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले थापा र शर्मासहित मन्सुरलाई पनि पार्टी सदस्यबाट निष्कासन गरेको छ ।
त्यसलगत्तै मन्सुरले कुनै पनि षड्यन्त्रले गगन र विश्वको वेगलाई रोक्न नसक्ने बताएका हुन् । यता विशेष महाधिवेशनले कांग्रेस केन्द्रीय समितिले गरेको निर्णय खारेज गरिएको घोषणा गरेको छ ।
















