Skip

Hamro Sanchar

राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २७ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २३ र २४ मा एउटा घटनामात्रै नभएको बताएका छन् ।

उनले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“सभापति पनि उपस्थित भएको हेर्न चाहन्थ्यौँ,” थापाले भने,“तर त्यो हुन सकेन । पार्टीभित्रको सत्ता र संघर्षको कारणले यहाँ कोही उपस्थित भएको र नभएको भन्ने लागेको होला । यो संघर्ष हो तर सत्ताको होइन । यो संघर्ष हो मूल्य र मान्यताको ।”

उनले राजा फालेर ल्याएको गणतन्त्रमा पनि नेपोबेबीको राज देखेर जनता रिसाउँदा भदौ २३ र २४ मा भावना व्यक्त गरेको बताए ।

“भदौ २३ र २४ मा भएका दोषीले सजाय पनि पाउलान्,” उनले भने, “त्यसदिन त्यतिमात्रै भएको होइन । नेपालका लाखौँ लाख नरनारीले रिस र आक्रोश व्यक्त गरेका हुन् । सरकारसँग व्यक्त गरेका हुन् । सरकारमा को थियौँ रु हामी थियौँ । संसद्मा को थियौँ रु हामी थियौँ । भ्रष्टाचार, कुशासनसँग जोडिएको आन्दोलन पनि थियो । राजा फालेर ल्याएको गणतन्त्रमा नेपोबेबीको राज देखेर रिसाएका हुन् जनता ।”


प्रतिकृया दिनुहोस्