Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दिल्ली जान लागेका प्रचण्डले केपी ओलिसँग गरे भेट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, २० गते


Advertisement

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ ।

आजै भारतको दिल्ली जान लागेका संयोजक प्रचण्डसँग एमाले अध्यक्ष ओलीले २५ मिनेट एक्लाएक्लै भेटवार्ता गरेका हुन्।

प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार उनीहरूबीच च्यासलस्थित एक घरमा भेटवार्ता भएको हो।

‘उहाँहरूबीच च्यासलमा २५ मिनेट एक्लाएक्लै भेट भएको छ,’ उनले भने ‘उहाँहरूबीच समसामयिक राजनीतिक, चुनावी वातावरण कसरी बनाउने भनेर कुराकानी भएको छ।’

दुई नेताबीच शनिबार बिहान नै भेटवार्ता गर्ने कार्यक्रम तय भएको थियो। शनिबार संखुवासभा रहेका प्रचण्ड फर्कन ढिला भएकाले भेटवार्ता आजलाई सरेको थियो।

राष्ट्रिय सभा निर्वाचन, फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने विषयमा उनीहरूबीच कुराकानी भएको छ। भेटवार्ताबारे विस्तृत खुलाइएको छैन । प्रचण्ड आइतबार साँझ भारतको दिल्ली जाँदैछन् ।


प्रतिकृया दिनुहोस्