
काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा आज बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान ९ः१५ बजेबाट मतदान सुरु भएको थियो ।
एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, राति १० बजेसम्म १२८२ मत खसेको छ ।
रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्दै छन् ।

















