Skip

Hamro Sanchar

सन्तोष परियार बने प्रलोपाको प्रवक्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १९ गते


काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारलाई दिएको छ ।

केन्द्रीय कार्यालय तीनकुनेमा बसेको परिषद्को बैठकले यस्तो निर्णय गरेको अध्यक्ष परिषद्कै अध्यक्ष दुर्गा सोबले जानकारी दिएकी छन् ।

पार्टी सहप्रवक्ताको जिम्मेवारी ओजस्वी भट्टराईलाई दिने निर्णय भएको छ । उनी पनि अध्यक्ष परिषद्का अध्यक्ष हुन् ।परियार यसअघि रास्वपा प्रमुख सचेतक थिए ।

उनले रास्वपा परित्याग गर्दै प्रलोपा गठनमा मुख्य भूमिका निर्वाह गरेका थिए।


प्रतिकृया दिनुहोस्