
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अभिभावकहरूले आफ्ना छोराछोरी र नातिनातिना इन्टरनेटमा के हेर्दै छन् ध्यान दिनुपर्ने बताएका छन् ।
आज विराटनगरमा पार्टीले आयोजना गरेको सभामा प्रचण्डले भने, इन्टरनेटमा नातिनातिनाले के हेर्दै छन् हेरौँ, उनीहरूसँगै इन्टरनेट पढौँ र बुझौँ । उनीहरू हामीभन्दा धेरै जान्ने छन् । कति मोबाइल चलाएको भनेर गाली मात्र नगरौँ । आफ्नो पनाति-पनातिना पनि भएकोले यसबारे बताएको उनले सुनाए।
के हेर्दै छन्, के पढ्दै छन्, के खेलेका छन् हेर्नपर्यो । संवाद गर्नपर्यो । वास्ता गर्न छाडिएको रहेछ यो बीचमा । तर, उनीहरूको संसार अर्कै भएको रहेछ । ठूलो ग्याप भएको रहेछ । त्यसले स्थिति गम्भीर भइसकेको रहेछ, प्रचण्डले भने ।
आफूहरू धेरै पछि परिसकेका आफूलाई लागेको भन्दै प्रचण्डले जेनजीु आफूहरू सबैका छोराछोरीरनातिनातीना भएको बताए । म त बिहान साढे ४ देखि ५ बजे उठ्छु व्यायाम गर्छु, एकछिन केही पढ्छु अनि दिनभरि कार्यक्रममा फुर्तिलो भएर जान्छु, उनले भने ।
आफू युवाहरूको तालमा ताल मिलाएर दौडन तयार रहेको उनको भनाइ छ । समाजमा युवा, प्रौड र वृद्धहरू मिलेर बन्ने र त्यो नै गतिशील हुने उनले बताए । कुनै एकलाई कटाउँदा समाज अपूरो हुने भन्दै युवाहरूको जोश तथा उत्सर्गको भावबिना पनि नचल्ने बताए । पुस्तान्तरण भनेर अहिले समाज खल्बल्याउने काम भएको भन्दै सबैको भूमिकाले गतिशीलता आउने उनको तर्क छ ।

















