
काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ ।
बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ५८ जना कर्मचारीहरूको सरुवा गरेका हुन्
मुस्ताङ, डोटी, दैलेख, गुल्मी, रोल्पा, जुम्ला, पाँचथरमा नयाँ सीडीओ पठाइएको हो ।
मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दिपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई सीडीओ बनाएर पठाइएको हो ।


















