Skip

Hamro Sanchar

मधेसमा भित्र मुख्यमन्त्रीको पदभार : बाहिर झडप, सांसदहरू कुटिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २५ गते


काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको पदभार जारी रहँदा बाहिर झडप भएको छ ।

निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनारले प्रदेश प्रमुख कार्यालयको गेटमा ‘हाम्रो जित भयो, यो मुख्यमन्त्रीको पद चाँडै जाँदैछ’ भनेर सम्बोधन गर्दै गेटबाट प्रवेश गरेका थिए ।

उनीसँगै प्रदर्शनकारीहरू पनि प्रवेश गरेपछि प्रहरीले गेट थुनेको थियो । सोनारसहित केही नेता पदभारस्थलमा गए पनि बाँकीलाई भने प्रहरीले लाठीचार्ज गरेको छ ।

भित्र प्रवेश गरेका सांसदहरूमाथि प्रहरीले लाठी चार्ज गरेपछि बाहिर रहेका प्रर्दशनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । अहिले प्रदेश प्रमुख कार्यालय क्षेत्र तनावग्रस्त बनेको छ ।


प्रतिकृया दिनुहोस्