Skip

Hamro Sanchar

जनार्दन, घनश्याम र विप्लवबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २१ गते


काठमाडौं । प्रगतिशील अभियानका नेता जनार्दन शर्मा, एकीकृत समाजवादीका पूर्व महासचिव घनश्याम भूसाल र कम्युनिस्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच आज बिहान भेटवार्ता भएको छ।

शर्मा र भुसाल विप्लवलाई भेट्न शुक्रबार बिहान ललितपुरको हरिसिद्धीस्थित विप्लव निवासममै पुगेका थिए।

माओवादी केन्द्र, एकीकृत एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच कात्तिक १९ गते भएको एकता प्रक्रियाप्रति शर्मा, भुसाल र विप्लव असन्तुष्ट छन्।

एमाले र नव गठित नेकपासँग असन्तुष्ट वामपन्थी नेताहरूबीच छुट्टै ध्रुवीकरण हुने चर्चा चलिरहेको बेला तीन नेताबीच छलफल भएको हो।


प्रतिकृया दिनुहोस्