Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युवा संघले बालेनविरुद्ध साइबर ब्युरोमा दियो उजुरी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २० गते


Advertisement

काठमाडौं । नेकपा एमालेनिकट युवा संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

राष्ट्रिय युवा संघका उपाध्यक्ष महराज गुरुङसहितका युवा नेताहरू साइबर ब्युरो पुगेका हुन्।

उनीहरूले जनप्रतिनिधिले अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत राजनीतिक दल छिमेकी राष्ट्रमाथि टिप्पणी गरेको भन्दै कारबाहीको माग गरेका छन्।

बालेनले केही दिनअघि राजनीतिक दल र छिमेकी राष्ट्र भारत र चीनसहितलाई अश्लिल भाषामा सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका थिए। उक्त स्टाटस उनले फेसबुकबाट केहीबेरमै हटाएका थिए ।


प्रतिकृया दिनुहोस्