Skip

Hamro Sanchar

जेनजीलाई माधवले भने : आउनुहोस्, हातेमालो गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १९ गते


काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले जेनजीलाई हातेमालोका लागि आह्वान गरेका छन् ।

बुधबार (कात्तिक १९)एकता राष्ट्रिय सम्मेलनमा उनले बिहान मात्रै आफूले जेनजीको वार्तामा रहेकालाई पार्टीमा भित्र्याएको सुनाए । अरुलाई पनि पार्टीमा आउन आग्रह गरे, “आउनुस् हामीसँग हातेमालो गर्दै अघि बढ्नुहोस् । सुशासनको पक्षमा होस्, भष्ट्राचारको विरुद्धको अभियानमा होस् । जनताको जीवनमा रुपान्तरणको कुरामा होस् ।”

समाजमा रहेका विकृति, विसंगतिविरुद्ध जुध्ने कुरामा हात मिलाएर अघि बढ्न तयार रहेको बताए । सामाजिक अभियन्तालाई हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।


प्रतिकृया दिनुहोस्