Skip

Hamro Sanchar

जनार्दनलाई प्रचण्डले भने : अझै विचार गर्नुस्, तपाईं फर्कनुस्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १८ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाट बिदा मागेका नेता जनार्दन शर्मालाई फर्कन अपिल गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेका हुन् ।

‘अझै पनि तपाईं विचार गर्नुस्, तपाईं फर्कनुस् । अझै अगाडि जानुपर्छ भनेर अपिल गर्नुभएको छ,’ प्रचण्डको भनाइबारे जानकारी गराउँदै नेता अग्निप्रसाद सापकोटाले भने, ‘देशभक्तहरू एकताबद्ध भएर अघि बढ्न अपिल गर्नुभयो । नेतृत्वको टिम निर्माण गर्ने कुरा पनि बताउनुभएको छ ।’

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सापकोटाले राष्ट्रिय मुक्ति आन्दोलनका लागि शक्तिशाली आधार तयार भएको जिकिर गरे ।

‘समाजवादी क्रान्तितिर अग्रसर भएको छ । समाजवादी क्रान्तिको एउटा झल्को जेनजी आन्दोलनले दिएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने ।


प्रतिकृया दिनुहोस्