Skip

Hamro Sanchar

१६ वर्षमा भोट हाल्न पाउने, १८ मा उम्मेदवार बन्न पाउने व्यवस्था गरौँ : बाबुराम भट्टराई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १८ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नागरिकता प्राप्त गरेपछि भोट हाल्न पाउनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। नागरिकता प्राप्त गर्ने उमेर र भोट हाल्न पाउने उमेर एउटै हुँदा राम्रो हुने उनको भनाइ छ।

‘यति युगान्तकारी र बलिदानीपूर्ण आन्दोलन पछि अब जेनजी लगायतका युवा पुस्ताले निर्वाचन मार्फत देशको नेतृत्व लिएर अघि बढ्ने मार्ग अनुसरण गर्नु उपयुक्त हुन्छ’ उनले भनेका छन्, ‘त्यसनिम्ति मतदाता सूचीमा वेलैमा नाम दर्ता गर्ने काम पहिलो कदम हो।’

देश–विदेशमा रहेका सबैले नियम अनुसार समयमै नाम दर्ता गर्न समेत आग्रह गरेका छन्।

उनले थपेका छन्, ‘नत्र नेपाली राजनीतिमा उही पुरानै चक्र दोहोरिने र युवाहरूले पछुताउनुपर्ने स्थिति आउन सक्छ। यसको साथै सरकारले र निर्वाचन आयोगले उपयुक्त र सम्भव बाटो अवलम्बन गरेर नागरिकता प्राप्त गर्ने र भोट हाल्ने उमेर एउटै अर्थात् १६ वर्ष गर्नु राम्रो र सहज हुनेछ। त्यस अतिरिक्त निर्वाचनमा उम्मेदवार बन्ने उमेर हद २५ वर्षबाट घटाएर १८ वर्ष वा कमसेकम २१ वर्ष गर्नु आवश्यक छ।’

नत्र पछिल्लो आन्दोलनका अगुवा जेनजी युवाहरूलाई आसन्न निर्वाचन ‘जसको विहा उसैलाई नजिक नल्या’ भन्ने लोकोक्ति जस्तो हुने उनको भनाइ छ।


प्रतिकृया दिनुहोस्