Skip

Hamro Sanchar

माओवादी आयोजक समितिको बैठक बस्दै : एकता सहमति अनुमोदन हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १८ गते


काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजे बैठक बस्ने नेता हरिबोल गजुरेलले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदनका लागि बैठक बस्न लागेको हो ।

पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डा र ९ दलबिच भएको सहमति अनुमोदन गरेर बैठक सकिने नेता हरिबोल जानकारी दिए ।

‘९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । नेताहरूलाई बोल्ने समय छुट्टाइएको छैन,’ उनले भने ।

यस्तै, पार्टी एकता घोषणा कात्तिक १९ गते दिउँसो १ बजे भृकुटीमण्डपमा गर्ने तयारी भएको गजुरेलले बताए ।


प्रतिकृया दिनुहोस्