Skip

Hamro Sanchar

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सरकारले गर्‍यो सहिद घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १७ गते


काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई सहिद घोषणा गरेको छ।

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

सहिद घोषणा गरिएकामध्ये ३ जना प्रहरी हुन्। सिन्धुलीका मिलन राय, कास्कीका अमृत गुरुङ र दार्चुलाका उत्तम थापा आन्दोलनकारीबाट मारिएका थिए।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनक्रममा ७६ जनाले ज्यान गुमाएका थिए। यीमध्ये १० जना कैदीबन्दी मारिएका थिए। उनीहरूलाई सहिद घोषणा गरिएको छैन।

त्यस्तै भाटभटेनी सुपरमार्केटमा जलेर मृत्यु भएका १२ जना र आन्दोलनकारीबाटै मारिएका गरी ३१ जनालाई सहिद घोषणा नगरिएको हो। भाटभटेनीमा जलेका १२ जनाको भने सनाखतसमेत हुन सकेको छैन  ।


प्रतिकृया दिनुहोस्