Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

देउवा दम्पती राति सिंगापुर उडे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ११ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवा सिंगापुर गएका छन्।

सोमबार राति ११ः५ बजे सिंगापुर विमानमार्फत उनीहरु सिंगापुर गएका हुन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए।

आक्रमणबाट गम्भीर घाइते भएका देउवाको टाउकाको पछाडि भागमा चोट लागेको थियो। त्यहाँ १२ वटा टाँका लगाएको कांग्रेस नेताहरुले बताएका थिए।

पार्टीमा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर देउवा केही दिनदेखि नै स्वास्थ्य लाभ गरिरहेका थिए। देउवा दम्पतीले विमानस्थलमा भिआइपी कक्ष प्रयोग गरेनन्।

वर्तमान अन्तरिम सरकारले देउवासहितको पासपोर्ट रोक्का गर्ने र काठमाडौँ बाहिर जाँदा अनुमति लिनुपर्ने निर्णय गरेका थियो। तर देउवा उपचारको लागि विदेश जाने भन्ने जानकारी पाएपछि उनका लागि उक्त व्यवस्था फुकुवा गरिएको थियो ।


प्रतिकृया दिनुहोस्