Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नवनियुक्तदुई मन्त्री सुधा र बब्लुले लिए मन्त्रीको शपथ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ९ गते


Advertisement

नवनियुक्तदुई मन्त्री सुधा र बब्लुले लिए मन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीद्वय डा सुधा शर्मा गौतम र बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ गराएका हुन्।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पद तथा गोपनीयताको शपथ लिए।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, वर्तमान मन्त्रिपरिषद्का सदस्यलगायत उपस्थित थिए।

आज ४ जनाले शपथ लिने भनिए पनि अन्तिममा दुई जनाको रोकिएको थियो। श्रम रोजगारमन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनार र भूमिमन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको शपथ रोकिएको हो।

खगेन्द्रविरुद्ध विभिन्न अभियोगमा मुद्दा भएपछि रोकिएको हो भने गणपतिलालले पर्यटनबाहेकको मन्त्रालयको जिम्मेवारी नलिने अडान लिएपछि रोकिएको हो। सुरुमा उनलाई पर्यटनमन्त्रीमै सिफारिस गरिएको भए पनि पछि उनलाई भूमि मन्त्रीमा सिफारिस गरिएको थियो ।


प्रतिकृया दिनुहोस्