Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ८ गते


Advertisement

काठमाडौं । गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितुको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार क्रममा शुक्रबार निधन भएको थियो।

उनको पार्थिव शरिरमा सांगीतिक क्षेत्रका कलाकार, आफन्त र शुभेच्छुकले श्रद्धाञ्जली दिएका थिए।

नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आफैँमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर ‍अस्पताल लगिएको थियो।

नितुको मृत्युपछि उनको परिवारले बाबुल गिरीविरूद्ध जाहेरी दिएको थियो। प्रहरीले बाबुललाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नितुको परिवारले बाबुल गिरीका कारण नितुले आत्मदाह गरेको आरोप लगाएका छन् ।


प्रतिकृया दिनुहोस्