Skip

Hamro Sanchar

जुम्ल्याहा दिदीबहिनीसहित नहरमा डुबेर तीन बालिकाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ७ गते


धनगढी। कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका- ३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय,जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाई र निशा बजगाईको मृत्यु भएको बताए। बजगाई जुम्ल्याहा दिदीबहिनी हुन्।

नहरमा डुबेको अवस्थामा उद्दार गरेर टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए।तीनै जनाको शव अस्पतालमा राखिएको छ ।


प्रतिकृया दिनुहोस्