Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महेश बस्नेतले केपी ओलीका लागि ओलीकुटी बनाइदिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, ७ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्माका लागि भक्तपुरको गुन्डुमा ओलीकुटीु बनाउने घोषणा गरेका छन्।

यसका लागि गुन्डुवासीले पहल सुरु गरिसकेको र त्यसको नेतृत्व आफूले लिएको बताएका छन्।

ओलीकुटीको ढाँचा कस्तो बनाउने भन्ने विषयमा देशभरबाट नमुना चित्र संकलन भइरहेको पूर्वमन्त्रीसमेत रहेका बस्नेतले उल्लेख गरेका छन्।

गुन्डुवासीको भावनात्मक पहल, अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको संकल्पु, बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन्। म आफू संयोजकको भूमिकामा रहनेछु। ओलीकुटी कस्तो देखिन सक्छ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ। देशभरबाट सुझाव र समर्थन आउँदै छ ।


प्रतिकृया दिनुहोस्