Skip

Hamro Sanchar

मिराज ढुंगानाले दल घोषणा गर्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ३१ गते


काठमाडौं । जेनजी युवा मिराज ढुंगानाले नयाँ दल घोषणा गर्ने भएका छन् ।

ढुंगानाले भोलि (शनिबार)दिउँसो १ बजे काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन आयोजना गरिएको पनि जानकारी गराएका छन् ।

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले मत हाल्न पाउनुपर्ने अधिकार सुनिश्चित हुनुपर्ने लगायतका एजेन्डामा रहेर दल दर्ता गर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत एक भिडियो जारी गर्दै उनले पार्टी गठन वार्ता समिति गठन भएको जानकारी गराएका छन् ।

‘देश गम्भीर अवस्थामा छ । देले निकास खोजिसकेको छ । यस्तो अवस्थामा हामी दल खोल्नुपर्ने निष्कर्षमा पुगेका छौं,’ ढुंगानाले भनेका छन् । ढुंगाना जेनजी आन्दोलनपछि चर्चामा आएका अगुवामध्येका हुन् ।


प्रतिकृया दिनुहोस्