Skip

Hamro Sanchar

संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० दललाई बैठकमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २८ गते


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् । बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा ९एकीकृत समाजवादी०, जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाइएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले बैठक बोलाएका हुन् । पुनर्स्थापनाबारे बैठकमा सभामुख घिमिरेले दलहरूको राय माग्ने अधिकारीले जानकारी दिए ।

सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक बोलाएको पनि अधिकारीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्