Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घरमा सधैं एकै मुली रहँदैन,१५औं महाधिवेशनबाट विदा लिन्छु, त्यसमा द्विविधा छैन:  देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २८ गते


Advertisement

 

घरमा सधैं एकै जना मुली रहँदैन,१५औं महाधिवेशनबाट विदा लिन्छु, त्यसमा द्विविधा छैन:  देउवा

काठमाडौं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट विदा लिने दोहोर्‍याएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन्।

‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन,’ लिखित सम्बोधनमा देउवाले भने।

१५औं महाधिवेशन कहिले गर्ने भन्नेबारे भने देउवा मौन रहे। जेन–जी आन्दोलनपछि कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रीय कार्यसमितिको म्याद नथपी आगामी मंसिरभित्रै नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि दबाब दिइरहेका छन्।

१४औं महाधिवेशनका बहुमत प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिसकेका छन् ।


प्रतिकृया दिनुहोस्