Skip

Hamro Sanchar

पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २७ गते


काठमाडौं । सुन तस्करसँग मिलेर आपराधिक लाभ लिएको अभियोगमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

उनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरी काफ्लेले जानकारी दिए ।

सीआईबीको टोलीले उनलाई हिजो काठमाडौंबाट पक्राउ गरेको थियो ।


प्रतिकृया दिनुहोस्