Skip

Hamro Sanchar

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २६ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो।

भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसँग बयान लिएको थियो। यस प्रकरणमा उनीविरूद्ध सीआईबीले यसअघि मुद्दा नचलाई राखेको थियो।

अन्तरिम सरकार गठन भएसँगै गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा रोकिएका मुद्दाहरू ब्रेक-थ्रुु हुने भनेका थिए।

०७९ पुस १० गते फ्लाइ दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्।


प्रतिकृया दिनुहोस्