
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली विरामी भएपछि स्थगित भएको हो ।
अध्यक्षलाई रुघा लागेको भन्दै बैठक भोलि ११ बिहान बजे बस्ने गरी सारिएको कार्यालय सचिव डा। भिष्म अधिकारीले जानकारी दिए ।
एमालेको सचिवालय बैठक शुक्रबार पनि बसेको थियो । गुन्डुमा बसेको पार्टी सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।
बैठकमा पार्टी पुनर्गठन, संसद् पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका थिए । के गर्ने भन्ने निष्कर्ष भने निस्किसकेको छैन ।
आज बस्ने भनिएको बैठकले पार्टीको अधिवेशनको मिति तय प्रस्ताव गर्ने बताइएको थियो । पार्टीको महाधिवेशन मंसिरको अन्तिममा वा पुसको सुरुमा हुने गरी बैठकले प्रस्ताव गर्ने सम्भावना छ । महाधिवेशनको मिति तोक्ने निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।
एमालेको केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि बोलाइएको छ ।

















