Skip

Hamro Sanchar

ओलीको सुरक्षामा भूपू सैनिक प्रहरी र युवा संघ खट्ने, प्रचण्डलाई वाइसीएलको सुरक्षा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २४ गते


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा जिम्मा भूपू सैनिक, प्रहरी संगठन र राष्ट्रिय युवा संघ नेपालले लिने भएका छन्।

सरकारले पूर्व प्रधानमन्त्री समेत रहेका ओली सुरक्षा कटौती गरेपछि भूपू सैनिक प्रहरी र राष्ट्रिय युवा संघले सुरक्षाको जिम्मा लिएको एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले बताए।

उनले भनेका छन्, ‘यो निर्णय नेतृत्वप्रतिको सम्मान मात्र होइन, राष्ट्रप्रतिको जिम्मेवारीको प्रतीक हो। जनताको विश्वासले उभ्याएको नेताको सुरक्षामा पनि जनता स्वयं उभिएका छन् ।’

गृह मन्त्रालयले बिहीबार पूर्वपदाधिकारीहरुले स्वीकृत मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो ।

यस्तै सरकारले सुरक्षाकर्मी घटाएपछि पूर्वप्रधानमन्त्री ‘प्रचण्डलाई पनि पार्टीको भातृसंगठन वाइसीएलले सुरक्षा दिन थालेको छ ।


प्रतिकृया दिनुहोस्