Skip

Hamro Sanchar

इलाम जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २३ गते


काठमाडौं । इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

हालैको बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति भएको इलामलाई ३ महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बाढीपहिरोबाट इलाममा ३९ जनाको मृत्यु भएको थियो ।


प्रतिकृया दिनुहोस्