Skip

Hamro Sanchar

एमाले नेता बर्तौला भन्छन् : गृहमन्त्री अर्याललाई तत्काल पक्राउ गर्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २३ गते


काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा गृहमन्त्री ओमप्रकाश अर्याललाई गिरफ्तार गरिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले शान्तिपूर्ण जेनजी आन्दोलनमा सुनियोजित घुसपैठ गरी शान्ति भंग गर्ने, हिंगा भड्काउनले र विधंश मच्चाउने कामका स्टेकहोल्डर गृहमन्त्री अर्याल नै भएको उनको आरोप छ ।

राष्ट्रिय सम्पदाहरु, व्यक्तिका घर र व्यवसायिक भवन तोडफोड गरी लुटपाट मच्चाउने कामका लागि उनी प्रायोजित उत्प्रेरक भएको पनि उनको आरोप छ ।

भदौ २३ र २४ गते भएको प्रदर्शनमा घुसपैठ गरेकै कारण उनले सजिलै गृहमन्त्री पद पाएको र फौजदारी प्रकरणमा संलग्न दोषीहरुलई कानूनी कारबाही गर्न नदिएको दाबी बर्तौलाको छ ।

 

 


प्रतिकृया दिनुहोस्