Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मन्त्री घिसिङले क्षतिग्रस्त बीपी राजमार्गको अनुगमन गरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २३ गते


Advertisement

काठमाडौं । भदौ १८ गतेको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले अनुगमन गरेका छन्।

आज बिहान मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहित मन्त्री घिसिङ बीपी राजमार्गको अनुगमनमा गएका हुन्। उनले चौकीडाँडा खण्डको अनुगमन गर्दै बाढीपहिरोले बगाएको सडकको अस्थायी ट्रयाक चाँडै तयार गर्न निर्देशन दिएका छन्।

बाढीले बीपी राजमार्गको करिब चार किलोमिटर सडक बगाएको छ। सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी सवारी सञ्चालन गर्न लागिएको हो।

मन्त्री घिसिङले शुक्रबार साँझसम्म सडकको अस्थायी ट्रयाक तयार गर्न निर्देशन दिएका छन्।

संघीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग चाडपर्वको बेला बन्द हुँदा यात्रीले सास्ती पाउँदै आएका छन् ।


प्रतिकृया दिनुहोस्