Skip

Hamro Sanchar

केपी ओली र लेखकविरुद्ध जाहेरी लिएर प्रहरीले छानबिन आयोगमा पठायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, २१ गते


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउको माग गर्दै लगिएको जाहेरी काठमाडौं प्रहरीले बुझेर जाँचबुझ आयोगमा पठाएको छ ।

आज दिउँसो भदौ २३ गतेको आन्दोलनमा मृत्यु भएका युवाका परिवारले बुझाएको जाहेरी लिएर आयोगमा पठाइएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जाहेरी लिएर आयोगमा पठाइएको जानकारी गराए।

“गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगको कार्यक्षेत्रमा रहने विषय भएकाले हामीले त्यता पठाएका हौँ,” उनले भने, “हामीले हेरेर उता पठाएका हौँ ।” पीडित परिवारले दिएको जाहेरी लिएर पठाइएको उनले बताए ।


प्रतिकृया दिनुहोस्