Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एमालेले भन्यो : सरकार राजनीतिक प्रतिशोधको बाटोमा गयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १२ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले) ले वर्तमान सरकार राजनीतिक प्रतिशोधको बाटोमा अघि बढेको बताएको छ।

आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले सो जानकारी दिएका हुन्।

राजनीतिक दलहरूसँग सरकारले कुनै समन्वय नगरेको र निषेध गर्न खोजेको एमालेको ठहर छ।

यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत पाँच जनामाथि काठमाठौं उपत्यका छोड्न र विदेश जान नपाउनेगरी गरिएको निर्णप्रति बैठकले आपत्ति जनाएको छ।

यसैगरी एमालेले यही महिनाको २७, २८ र २९ गते केन्द्रीय समिति र तयसअघि पुनः सचिवालय बैठक बस्ने निर्णय भएको ज्ञवालीले बताए ।


प्रतिकृया दिनुहोस्