Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस प्रवक्ताको प्रश्न : हमला हुन्छ भन्ने थाहा हुँदाहुँदै घर नछाड्ने सभापतिले देश छाड्नुहुन्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, १२ गते


Advertisement

कांग्रेस प्रवक्ताको प्रश्न : हमला हुन्छ भन्ने थाहा हुँदाहुँदै घर नछाड्ने सभापतिले देश छाड्नुहुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छाड्नुपर्ने कारण नभएको बताएका छन्।

आइतबार पत्रकार भेटघाटमा प्रवक्ता महतले देश छाडेर भाग्न लागेको भनेर झुट प्रचार गरिएको बताएका हुन्।

उनले लोकतान्त्रिक आन्दोलनमा लगातार लडिरहँदा पनि यसरी नै डिमोरलाइजु गर्न खोजिने तर सभापति देउवा त्यतिबेला पनिडिमोरलाइजु नभएको बताए।

उहाँ देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता होइन। सांघातिक रुपमा हमला हुने देख्दा देख्दै पनि घर छोड्नुभएन भने देश छोड्नुपर्ने कुनै कारण छैन,’ उनले भने।

प्रवक्ता महतले हरेक नेपालीले पाउने हकअनुसार नै पासपोर्ट लिइएको पनि बताए।

पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको छ , उनले भने।

प्रवक्ता महतले कांग्रेसीहरु एकजुट भएर केन्द्रिय समितिमार्फत वर्तमान परिस्थितिको समाधान खोज्न लाग्नुपर्ने बताए।

उनले पार्टीभित्र नेतृत्व परिवर्तनका लागि हस्ताक्षर संकलनले कार्यकर्ताहरुमा अन्योलता सिर्जना भएको बताउँदै यसमा केन्द्रीय समितिबाटै निचोड निस्किने बताए

अफ्ठ्यारो स्थितिमा एकजुट भएर केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गर्ने र सामूहिक निष्कर्ष निकाल्ने र पार्टी पंक्तिमा उत्साह भर्ने काम गर्नेछौँ । अधिवेशन प्रक्रियालाई पनि हामी चाँडो भन्दा चाँडो हामीले केन्द्रिय समितिले नै सम्पूर्ण प्रक्रिया पूरा गरेर अघि बढ्ने कुरामा दुईमत छैन, उनले भने।


प्रतिकृया दिनुहोस्