Skip

Hamro Sanchar

विगतमा भएका भ्रष्टाचारको पनि छानबिन हुन्छ : प्रधानमन्त्री कार्कि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ९ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारबारे प्रष्ट जानकारी पाएको बताएकी छिन् ।

आज साँझ राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।

भ्रष्टाचारका विषयमा आवश्यक छानबिन गरेर दोषीलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइने समेत उनले बताइन् ।

‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।


प्रतिकृया दिनुहोस्