Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

‘विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन छलफलमा छौँ’ : प्रधानमन्त्री

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ९ गते


Advertisement

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सो जानकारी दिएकी हुन्।

उनले भनिन्, ‘रोजगारीको सिलसिलमा बाहिर रहनु भएका नेपाली नागरिकलाई विदेशबाट मतदात गर्न पाउने सम्भावनाका बारेमा निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।’

उनले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक पर्ने जनशक्ति बजेट, सुरक्षा र कानुनी पक्षका विषयमा निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको प्रारम्भिक काम सुरु गरेको बताइन्।

‘१८ वर्ष पुुगेका मतदतालाई निर्वाचमा सहभागी हुन पाउने गरी मतदाता नामावलीमा नाम दर्ता गराउन अध्यादेश जारी भइसकेको छ’ प्रधानमन्त्री कार्कीले भनिन् ।


प्रतिकृया दिनुहोस्