Skip

Hamro Sanchar

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ८ गते


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु भएको छ ।

दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, पार्टीको आन्तरिक तयारी लगायतका विषयहरुमा छलफल हुनेछ ।

जेन—जी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको केन्द्रीय समिति समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रश्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्