Skip

Hamro Sanchar

जनार्दनको सुझाव  : १ घण्टामै नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असोज, ८ गते


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पृथ्वी राजमार्ग र मुग्लिङ नारायणगढ सडकले अब मुलुकको यातायात चाप धान्न नसक्ने बताएका छन् ।

ठाउँ ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने जस्ता समस्याले हरेक वर्ष जनधनको ठुलो क्षति भएकाले विकल्पमा नारायणगढ पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गर्न सुझाएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेखेका छन्– ‘ठाउँ–ठाउँमा पहिरो खस्ने, खोलाले तान्ने, पृथ्वी राजमार्ग र मुग्लिङ नारायणघाट सडकले अब मुलुकको यातायात चाप धान्न सक्दैन। हरेक वर्ष जनधनको ठुलो क्षति व्यहोर्नुपरेको आवागमनमा अत्यधिक दुःख र आर्थिक विकासको बाधा हटाउन मैले प्रस्ताव गरेको १ घण्टामा नारायणघाट पुग्ने आधुनिक द्रुतमार्ग निर्माण सुरु गरौँ ।’

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा केही दिनदेखि हजारौँ गाडी रोकिएका छन् । तीन वर्षअघि शर्मा अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०७९र८० को बजेटमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने सडक निर्माण गरिने घोषणा गरेका थिए ।

 


प्रतिकृया दिनुहोस्