
काठमाडौं । नारायणगढ-मुग्लिन सडकमा दुईतर्फी नै गाडी सञ्चालन हुन थालेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति १०ः५५ बजे समयमा चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा सुक्खा पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको थियो।
अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएको थियो। आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी नै यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।














